सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटी मण्डप, काठमाडौंमा भाद्र ३१ देखि असोज २ गतेसम्म हुने भएको छ। यो एक्स्पो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित रहेको छ।
नेपालमा यस क्षेत्रको बृद्धिका लागि मान्यता प्राप्त यो एक मात्र एक्स्पो भएको आयोजकको दाबी छ।।
गत कोरोनाकाल अर्थात् तीन बर्ष पश्चात, विगतका बर्षहरु मध्ये यस वर्ष पनि हुन लागेको ‘सेन्चुरी फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२’ सबैभन्दा महत्त्वपूर्ण संस्करण हुनेछ।
‘कोरोनाकाल पश्चात धेरै क्रेता, बिक्रेताहरू र व्यवसायीहरु कोभिड महामारीको चपेटामा पर्दै आइरहेका छन्।
‘यसकारण यस वर्षको सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ मा सबै खरीददार र विक्रेताहरु बजारमा पुराना मध्ये को–को अझै कायम छन् र नयाँ को को आएका छन् हेर्न आतुर छन्’ शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘२०१५ को भूकम्प , कोरोना महामारी जस्ता कहालीलाग्दा प्रकोपले देशको सम्पूर्ण क्षेत्रमा ठूलो मात्रामा फेरबदल गर्दछ। बजारमा कुन–कुन फुड, बेभरेज एण्ड हस्पिटालिटी कम्पनीहरु छन् र हाल के–के गर्दैछन् भनि बुझ्न र उद्योगका सरोकारवालाहरुको बजार रूपान्तरणमा सुरक्षित अवतरण सुनिश्चित गर्न एफबीएच २०२२ आयोजक तपाईंहरुलाई यस कार्यक्रममा भ्रमण गर्न आव्हान गर्दछ।’
सेन्चुरी एफबीएच २०२२ ले लगभग ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। जसमध्ये व्यापारिक आगन्तुकहरु १२ हजार भन्दा बढी हुने अपेक्षा गरिएको छ।
यसले होटल व्यवसायीहरू, रेस्टुरेन्ट संचालक, प्रबन्धकहरू, क्लब, बार–पब मालिक प्रबन्धकहरू, पार्टी प्यालेसका मालिक प्रबन्धकहरू, क्यान्टीन सञ्चालक, स्कूलहरू, कलेजहरू, होस्टलहरू र अस्पतालहरू, खाना पकाउनेहरू, शेफहरू, बारटेन्डरहरू, सुपर मार्केटहरू र किराना पसलहरू, स्टोर मालिकहरू प्रबन्धकहरू, बेकरीहरू, स्न्याक्स र प्रशोधित खाद्य उत्पादकहरू, कृषि प्रशोधन उत्पादकहरू आदि लाई एफबीएच२०२२ विशेष आकर्षित गर्ने आयोजक बताउँछन्।
यस कार्यक्रम मार्फत् आगन्तुकहरुले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ्न पाउनेछन्। यहाँ करिब ६० प्रतिशत विगत वर्षहरूबाट र बाँकी नयाँ (पहिलो पटक) प्रदर्शकहरु रहने सेन्चुरी फुड एण्ड ड्रिंक्स एण्ड हस्पिटालिटी २०२२ मा करिब १५० कम्पनीहरुबाट करिब ५००० उत्पादन र सेवाहरु प्रस्तुत गरिनेछ।
यस बाहेक कार्यक्रममा कम्पनीहरुले आफ्नो प्रडक्ट को विशेषता, स्किम वा अफर्स, स्वाद आदि को बारेमा विष्तृत जानकारी दिने भएकाले आगन्तुकहरुका लागि नयाँ खाना र पेय पदार्थहरूको स्वाद लिन यो एक उत्कृष्ट अवसर हो।
साथै यो कार्यक्रम फुड, बेभरेज एण्ड हस्पिटालिटी बारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजक बताउँछन्।
प्रतिक्रिया