ad ad

राजनीति


पाँच वर्षमा जनताले गरेको अपेक्षा संसदबाट पूरा भएन : भीम रावल

पाँच वर्षमा जनताले गरेको अपेक्षा संसदबाट पूरा भएन : भीम रावल

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार १८:३८, काठमाडौँ

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले पाँच वर्षको अवधिमा प्रतिनिधि सभाले मुलुकलाई समृद्ध बनाउने, सुशासन कायम गर्ने सोच पूरा गर्न नसकेको बताएका छन्। 

प्रतिनिधिसभा बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै रावलले सो कुरा बताएका हुन्। 

उनले प्रतिनिधि सभामा सांसद निर्वाचित भएर आउँदा राष्ट्रलाई बलियो बनाउने,जनताका हक अधिकारलाई बलियो बनाउने,देशलाई आर्थिक
रुपमा समृद्ध बनाउने र विश्वसामु नेपालको प्रतिष्ठालाई उच्च बनाउने अपेक्षा र चाहना यो संसदबाट पूरा गर्न नसकेको बताए। 

नेता रावलले पाँच वर्षको अवधिमा संसद विघटन,राष्ट्र हीत विपरीतको एमसीसी सम्झौता पास गरी राष्ट्रलाई कमजोर बनाउने काम भएको बताए।

सांसद रावलले पाँच वर्षको अवधिमा जनताले प्रतिनिधिबाट गरेको अपेक्षा अनुरुपको काम नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .