ad ad

कारोबार


दशैंका अवसरमा सेलपेको विशेष अफर

दशैंका अवसरमा सेलपेको विशेष अफर

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार १८:४०, काठमाडौँ

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले यस विजय दशामीकोे पावन अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ। 

यस योजना अन्तर्गत हरेक दिन १०० जना ग्राहकहरुले १जीबी डाटा प्याक  १० दिनका लागि र १ जना लक्की विजेताले लक्की ड्र मार्फत सामसङ गयालेक्सी फ्लीप३ पाउनेछन्।

यो योजना असोज १७ गतेदेखि असोज २६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो। 

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५ लाख मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी२पी, प२बी, बी२पी, बी२बी आदि वास्तविक समयमा गर्न सकिन्छ। 

साथै ग्राहकहरुले सेलपे कार्टसेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नेछन्।

सेलपे एप्प डाउनलोड गरी वालेट लोडका साथै आजै आफ्नो बैंक खाता लिंक गर्नुहोस्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .