निलम्बित प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले बयानमा हस्ताक्षर गर्न नभ्याएपछि महाभियोग समितिको बैठक शनिबारका लागि सरेको छ।
समितिका सदस्य लालबाबु पण्डितका अनुसार चोलेन्द्रले दिएको बयान अक्षरमा उतारेर हस्ताक्षर गर्न अझै बाँकी भएकाले १ असोज (शनिबार) बिहान साढे ८ बजे सम्मका लागि बैठक सरेको हो।
चोलेन्द्रले समितिमा दिएको बयान शब्दमा उतार्दा १ सय ७४ पृष्ठ भएको थियो। सो मध्ये शुक्रबार चोलेन्द्रले ६४ पृष्ठमा हस्ताक्षर गरेका छन्।
अब १ सय १० पृष्ठमा हस्ताक्षर गर्न बाँकी छ। चोलेन्द्रले सबै पढेर मात्र हस्ताक्षर गर्ने भनेपछि आज जम्मा ६४ पृष्ठमा मात्र हस्ताक्षर गर्न भ्याइएको हो।
चोलेन्द्रले बयानमा हस्ताक्षर गरिसकेपछि पूरक प्रश्न सोधिने एमाले सांसद समेत रहेका पण्डितले नेपालखबरलाई बताए।
यसअघिको बयानमा जबराले आरोप लगाएका ७ जना वकिलसँग समितिले बिहीबार (३० भदौ) बयान लिएको थियो। उनले लाञ्छना लगाएका ६ जना बहालवाला सर्वोच्चका न्यायाधीश र ४ जना पूर्वप्रधानन्यायाधीसलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू गएका थिएनन्।
Shares
प्रतिक्रिया