कारोबार


उद्योग परिसंघ प्रदेश १ को आयोजनामा अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

उद्योग परिसंघ प्रदेश १ को आयोजनामा अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार १७:४९, काठमाडौँ

नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को आयोजनामा आगामी माघ १९ गतेदेखि विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी सीएनआई एक्स्पो २०२३’ हुने भएको छ।

अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनीमा प्रदेश नं. १ सहित मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीहरुको प्रदर्शनी एवं बिक्री समेत हुनेछ। 

यसका साथै प्रदर्शनीमा नयाँ सञ्चार तथा इलेक्ट्रोनिक्स प्रविधिको पहिचानसँगै कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वास्थ्य मेडिकल क्षेत्रको नयाँ प्रविधि तथा  सामग्रीको पहिचान र प्रदेशमा स्वदेशी वस्तुको उत्पादन साथै ब्यवसायिकरण, पर्यटनको सम्भावनासँगै ति स्थानहरुको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुने छ।

कृषि उत्पादन, पर्यटन विकास र स्थानीय उत्पादनको बजार ब्यवस्थापनका लागि समेत महत्वपूर्ण अवसरको रुपमा यो प्रदर्शनी रहने छ। यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नयाँ लगाानीकर्ताहरु समेत आकर्षित हुने परिसंघको विश्वास छ।

स्वदेशीसहित भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकहरुबाट समेत प्रदर्शनीमा सहभागिता गराउने योजना रहेको परिसंघले जनाएको छ। प्रदर्शनीमा विविध मनोरञ्जन, सांस्कृतिक कार्यक्रम तथा फनपार्क समेत समाबेश गरिनेछ।

प्रदर्शनी आगामी माघ १९ गतेदेखि माघ २८ गतेसम्म विराटनगर महानगरपालिका वाड नं २ स्थित शंकरपुरमार्गमा सञ्चालन गरिने छ।

प्रदर्शनी स्थलमा आधुनिक ४ वटा डोम र ३५० स्टलहरु रहने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad