प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले राराको निकुञ्जलाई हटाएर मानिसको बसोवास गराउनुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले निकुञ्जलाई मुगुको पूर्वतिर सारेर त्यहाँ मानिसलाई बसोवास, व्यवसाय गर्न दिन माग गरे।
उनले भने, – ‘रारामा निकुञ्ज बनाइएको छ। त्यो निकुञ्जलाई हटाएर मान्छेको बसोवास राख्नुपर्यो। निकुञ्जलाई पूर्वतिर लानुपर्यो त्यहाँको जनताको आवाज छ। त्यहाँ सिंगो कर्णालीलाई पाल्न सक्ने राराले दुई, चारवटा बदेल पालेर हुँदैन। आउने सदनले हेक्का राखोस् कर्णालीको रारा निकुञ्जलाई मुगुको पूर्वतिर सारोस्।’
उनले निकुञ्जलाई सारेमा पाँच लाखदेखि दश लाख मानिसहरुले जीविकोपार्जन हुने बताए।
उनले भने, ‘रारा निकुञ्जलाई मान्छेको आवादी हुने, बसोवास गर्ने, व्यवसाय गर्ने। त्यहाँ पाँच लाखदेखि दश लाख मान्छेहरुले रोजीरोटी पाउँछन्। रोजगार पाउनेछन्।’
Shares
प्रतिक्रिया