राजनीति


निर्वाचन आचारसंहिता सच्याउन सत्ता गठबन्धनको माग

निर्वाचन आचारसंहिता सच्याउन सत्ता गठबन्धनको माग

नेपालखबर
भदौ २८, २०७९ मंगलबार १९:३२, काठमाडौँ

सत्तारुढ पाँच दलका शीर्ष नेताहरूले निर्वाचन आयोगले भोलि २९ भदौमा बोलाएको सर्वदलीय बैठकमा सशक्त धारणा राख्ने भएका छन्।

निर्वाचन आयोगले मन्त्री भएकालाई आफ्नो निर्वाचन क्षेत्रमा मात्र चुनाव प्रचार गर्न दिने आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै सिनियर नेता नै आयोग जाने सहमति गरेका हुन्।

मंगलबार बसेको शीर्ष र कार्यदलका नेताबीचको बैठकमा आयोगले सांसदहरूको पदावधिको बारेमा गरेको व्याख्याबारे आयोगसँग कुरा गर्ने निर्णय गरेको जसपा नेता तथा कार्यदल सदस्य रामसहाय प्रसाद यादवले नेपालखबरलाई बताए।

‘आजको बैठकमा निर्वाचन आयोगले भोलिलाई बोलाएको सर्वदलीय बैठकमा शीर्ष नेताहरू जाने र आयोगका केही त्रुटिपूर्ण निर्णयबारे कुरा राख्ने निर्णय भएको छ’ यादवले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad