निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध लागेको महाभियोगबारे सोधिएका ४३ वटै प्रश्नको जवाफ दिएका छन्।
मंगलबार पाँचौँ दिनको बयानका क्रममा उनले यसअघि बाँकी रहेका ८ वटा प्रश्नको जवाफ दिएसँगै बयान सकिएको हो।
चोलेन्द्रको बयान सकिएसँगै अब उनीबारे थप निर्णय लिन प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठक बुधबार बिहान ९ बजे बस्ने भएको छ।
कांग्रेस सांसद मीन विश्वकर्माका अनुसार भोलिको बैठकले चोलेन्द्रसँग पूरक प्रश्न सोध्ने नसोध्ने, प्रतिवेदन लेखनसहितका विषयमा निर्णय लिनेछ।
उनका अनुसार चोलेन्द्रले बयानमा पोलेका व्यक्तिहरुलाई बयानमा बोलाउने नबोलाउनेबारे पनि भोलिको बैठकले निर्णय लिनेछ।
108
Shares
प्रतिक्रिया