राजनीति


चोलेन्द्रले दिए ३० वटा प्रश्नको जवाफ, अझै १३ वटा बाँकी

चोलेन्द्रले दिए ३० वटा प्रश्नको जवाफ, अझै १३ वटा बाँकी

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०७९ आइतबार १५:५६, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूविरुद्ध लागेको आरोपबारे आइतवारसम्म ३० वटा प्रश्नको जवाफ दिइसकेका छन्। 

चौथो दिनको बयान जारी रहरँदा जबराले महाअभियोग सिफारिस समितिसमक्ष ३० वटा प्रश्नको जवाफ दिएका हुन्। 

आइतबार मध्यान्ह साढे १२ बजेदेखि सुरु हुने भनिएको उनीसँगको बयान २० मिनेट ढिलो गरी सुरु भएको थियो। तेस्रो दिनसम्म ११ वटा प्रश्नको जवाफ दिएका उनले चौथो दिन आइतवार थप १९ वटा प्रश्नको जवाफ दिएका हुन्। 

चोलेन्द्र बयानका लागि पाँच मिनेटअघि नै सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा पुगेका थिए।

समितिले आइतवार ४३ मध्ये बाँकी सबै ३२ प्रश्नको जवाफ चोलेन्द्रसँग लिने तयारी छ। समिति सभापति रामबहादुर विष्टका अनुसार आजै सबै प्रश्न सक्ने गरी बयान लिइँदैछ। ३० वटा प्रश्नको जवाफ आएकाले अब १३ वटा मात्रै बाँकी छन्। 

'आज सबै प्रश्नको जवाफ लिइनेछ। सांसदहरुले पुरक प्रश्न सोध्ने छैनन्', उनले भने, 'मूल प्रश्नको जवाफ लिइसकेपछि सांसदहरुलाई अर्को दिन सांसदहरुले प्रतिप्रश्न गर्नेछन्।'

संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ। तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ।

संसदकै आयु सकिँदैछ, अब के हुन्छ चोलेन्द्रको महाभियोग? पहिले संसदको कार्यकाल नै प्रष्ट भइसकेको थिएन। 

संसद असोज २ गतेदेखि नरहने प्रष्ट भएको छ। संसद नै नरहने भइसकेपछि महाअभियोग सिफारिस समिति पनि रहँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad