राजनीति


देउवाले एलिजावेथको निधनमा भने– नेपाल र नेपालीलाई माया गर्ने व्यक्तित्व गुमायौं

देउवाले एलिजावेथको निधनमा भने– नेपाल र नेपालीलाई माया गर्ने व्यक्तित्व गुमायौं

नेपालखबर
भदौ २४, २०७९ शुक्रबार ७:२६, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। 

एलिजावेथ द्वितीयाले आफूलाई काम, सम्मान र सेवाले परिचित गराएको देउवाले उल्लेख गरेका छन्।

‘रानीका सन १९६१ र सन १९८६ मा भएका दुई राजकीय भ्रमणलाई नेपालमा आदरपूर्वक स्मरण गरिन्छ,’ देउवाले एलिजावेथका नेपाल  भ्रमणको चर्चा गर्दै भनेका छन्। 

रानी एलिजावेथको निधनले नेपाल र नेपाली जनताले आफुलाई माया गर्ने एक व्यक्तित्व गुमाएको देउवाले उल्लेख गरेका छन्। प्रधानमन्त्री देउवाले एलिजावेथको निधनमा बेलायती राजपरिवारलाई समवेदना  व्यक्त गरेका छन्।​

एलिजावेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन १९६१ मा र सन १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्। ९६ वर्षको उमेरमा हिजो बिहिबार बेलायतको बालमोरलमा एलिजाबेथको निधन भएको हाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad