ad ad

राजनीति


सत्ता गठबन्धनमा सिट बाँडफाँट : कार्यदलले बुझाएको अपुरो प्रतिवेदनमाथि शीर्ष तहमा छलफल हुने

मोरङ ५ र धनकुटामा पनि जसपाको दाबी
सत्ता गठबन्धनमा सिट बाँडफाँट : कार्यदलले बुझाएको अपुरो प्रतिवेदनमाथि शीर्ष तहमा छलफल हुने

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०७९ शुक्रबार ६:४९, काठमाडौँ

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्दै छ। 

सिट बाँडफाँट गर्न बनेको कार्यदलले बिहीबार (२३ भदौ) मा अपुरो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएको छ। गठबन्धनका दलहरुबीच सहमति जुट्न नसक्दा सिट बाँडफाँटको विषयमा झन झन पेचिलो बन्दै गएको छ। 

बिहीबार दिनभरको कसरतपछि सरकारका प्रवक्ता समेत रहेका कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार बाँकी छलफल गरेर शीर्ष नेताहरुले टुंगो लगाउने जानकारी दिएका थिए। 

‘प्रतिवेदनलाई लिएर कार्यदल र नेतृत्वबीच छलफल भयो। छलफल लामो भए पनि बाँकी कुरा मिलाउन भोलि पनि जारी रहन्छ,’ उनले बैठकपछि भनेका थिए। 

कार्यदलले प्रतिनिधि सभा १ सय ६५ र प्रदेश सभातर्फका ३ सय ३० निर्वाचन क्षेत्रमा मोटामोटी सहमति जुटाएर प्रतिवेदन बुझाएको थियो। 

यद्यपी सिट बाँडफाँट भने भएको छैन्। 

बिहीबार नै नेपाल प्रेस युनियनको बैठकलाई सम्बोधन गर्न पुगेका कांग्रेस नेता शेखर कोइरालाले जनकपुरमा सय सिटभन्दा तल झरेर सहमति गरेर विद्रोह हुने चेतावनी दिएका थिए। 

उता, जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन बैठकमा जसपाले मधेश प्रदेशसँगै प्रदेश १ का २ जिल्ला पनि मागेको छ।

जसपाले जसपाले मधेस प्रदेशसँगै सप्तकोशी तरेर प्रदेश १ को मोरङ ५ र धनकुटा मागेको हो।

यो सँगै सत्ता गठबन्धनमा सिट बाँडफाँट पेचिलो बन्दै गएको छ। आज बस्ने शीर्ष नेताहरुले सिट बाँडफाँटको विषय टुंगोमा पुर्याउने बताएपनि त्यसको संभावना भने न्युन बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .