ad ad

राजनीति


सत्ता कार्यदलले सिट संख्या बाँडफाँट नगरी प्रतिवेदन बुझायो

सत्ता कार्यदलले सिट संख्या बाँडफाँट नगरी प्रतिवेदन बुझायो

फाइल फोटो


नेपालखबर
भदौ २३, २०७९ बिहिबार २०:१३, काठमाडौँ

आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनको सिट बाँडफाँटका लागि पाँच दलीय गठबन्धनले गठन गरेको कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ।

बिहीबार दिउँसो बसेको कार्यदलले प्रतिनिधि सभा १ सय ६५ र प्रदेश सभातर्फका ३ सय ३० निर्वाचन क्षेत्रमा मोटामोटी सहमति जुटाएर प्रतिवेदन बुझाएको कार्यदलका एक सदस्यले नेपालखबरलाई बताए।

तर कार्यदलले सिट संख्या बाँडफाँट भने गरेको छैन। 

'निर्वाचन क्षेत्रसहितको सहमतिको खाका बनाएर प्रतिवेदन शीर्ष नेतालाई बुझायौँ,' ती सदस्यले भने, 'सिट संख्या भने शीर्ष नेताहरूले नै टुंग्याउनु हुनेछ। कतिपय विषय राजनीति रुपमै हल गर्नुपर्ने देखियो।'

अर्का कार्यदल सदस्यका अनुसार केही निर्वाचन क्षेत्रमा चारै दलले दाबी गरेकाले सहमति जुटिसकेको छैन।

सहमति जुटेको विषय समेटेर कार्यदलले प्रतिवेदन बुझाएपछि शीर्ष नेताहरुबीच सहमति प्रयास भएको थियो।

तर शीर्षमा पनि खासै प्रगति नभएपछि शुक्रबार दिउँसो ३ बजे भेट्ने गरी उनीहरु पनि बालुवाटारबाट उठेका छन्।

आज (२३ भदौ) दिउँसो १०: ३० बजेपछि सहमति जुटाउन कार्यदलको बैठक बसेको थियो। 

तर बैठकमा काङ्ग्रेसले अडान नछोडेपछि जसपाका नेताहरू दिउँसो राष्ट्रपति भेट्न शितल निवास गए। 

उनीहरु अपरान्ह ४ बजे पछि फर्केका थिए। त्यसपछि फेरि बसेको बैठकमा पनि कुरा नमिलेको हो।

जसपाले मधेस प्रदेशमा र प्रदेश १ मा मोरङ ५ र धनकुटा मागेको छ। तर काङ्ग्रेसले दुईवटा दिन नसक्ने बताएपछि कुरा नमिलेको हो।

'सबै संख्या नमिलेको र काङ्ग्रेस ९० को अडानबाट पछि नहटेपछि आजको बैठक त्यसै भयो, छलफलले खासै निस्कर्ष नदिएपछि नेताहरूलाई ब्रिफिङ गरेर एउटा रिपोर्ट शीर्ष नेतालाई बुझायौँ,' जसपाका नेताले भने, 'उच्च तहमा बसेर टुंगो लाग्छ कि भन्ने छ, भोलि सम्म हेरौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .