नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ गतेको चुनावपछि आफ्नो सबै जीवन देश विकास र आर्थिक समृद्धिमा लगाउने बताएका छन्।
काठमाडौंमा बिहीबारदेखि सुरु भौतिक पूर्वाधार सम्मेलनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
'मेरो सबै जीवन आर्थिक समृद्धि र विकासका लागि लगाउँछु भनेर घोषणा गरिसकेको छु। मंसिर ४ को चुनावपछि म त्यस दिशामा अघि बढ्नेछु', उनले भने,'निर्वाचनपछि देशलाई आर्थिक विकासलाई गति दिन कानुन र नियम र ऐन सुधारमा जोड दिन्छु।'
उनले अब देशमा राजनीतिक आन्दोलन र क्रान्ति पूरा भएकाले आर्थिक समृद्धितिर नै लाग्नुपर्नेमा पनि जोड दिएका छन्।
निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने नै आफ्नो नीति रहेको बताउँदै उनले आफूहरुलाई शंका नगर्न पनि आग्रह गरे।
भिडिओ
753
Shares
प्रतिक्रिया