ad ad

राजनीति


बाबुरामले गोरखा २ मागेको होइन, म यहीँबाट उम्मेदवार हुन्छु : नारायणकाजी

बाबुरामले गोरखा २ मागेको होइन, म यहीँबाट उम्मेदवार हुन्छु : नारायणकाजी

स्मृतिसभा कार्यक्रममा नारायणकाजी श्रेष्ठ।


नेपालखबर
भदौ २३, २०७९ बिहिबार १७:५४, काठमाडौँ

मंसिर ४ को प्रतिनिधिसभा चुनाव अन्तर्गत गोरखा–२ मा नेकपा माओवादी केन्द्रकै उम्मेदवार हुने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दाबी गरेका छन्।

२४ औं वासु स्मृति सभा कार्यक्रमलाई बिहीबार गोरखामा सम्बोधन गर्दै श्रेष्ठले यसपटक गोरखामा अन्य दललाई टिकट दिने सम्भावना नभएको बताए।

‘गोरखाको दुईवटै क्षेत्र माओवादीले पाउने छ,’ श्रेष्ठले भने, ‘यहाँबाट मेरो पनि नाम सिफारिस गरेर पठाउनुभएको छ, पार्टीको निर्णय स्वीकार गर्छु।’

उनले यहाँ अरु दलको कोही उम्मेदवार नहुने पनि बताए। ‘पार्टीको निर्णयलाई हामीले सफल पार्नुपर्छ, विजय गराउनुपर्छ, यहाँ हाम्रो पार्टीकै उमेद्वार हुन्छ यसमा कुनै द्विविधा नलिनुहोला।’

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि गोरखा–२ बाटै उम्मेदवारी दिने बताएका छन्।

तर, अध्यक्ष प्रचण्डसँगको छलफलमा डा. भट्टराईले गोरखा नमागेको बरु काठमाडौं, नवलपरासी र सर्लाही मागेको श्रेष्ठले बताए। 

‘सर्लाही, नवलपरासी र काठमाडौं समेत ३ वटा क्षेत्र मात्रै उहाँले माग्नुभएको हो,’ श्रेष्ठले थपे, ‘काठमाडौंमा मानुषी यमीसहित नवलपरासी र सर्लाहीमा पनि उम्मेदवार चाहिन्छ भन्नुभएको थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .