राजनीति


प्रचण्डले भने : बालुवाटारबाट गठबन्धन बैठक छाडेर आएँ, फेरि उतै जानु छ

प्रचण्डले भने : बालुवाटारबाट गठबन्धन बैठक छाडेर आएँ, फेरि उतै जानु छ

फाइल तस्बिर


नेपालखबर
भदौ २३, २०७९ बिहिबार १७:४४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँटका लागि छलफल जारी रहेको बताएका छन्। 

नेपाल इन्फ्रास्ट्रक्चर समिट उद्घाटन समारोहलाई बिहीबार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'हुन त यो कार्यक्रममा प्रधानमन्त्रीले उद्घाटन गर्ने तयारी थियो। तर उहाँ व्यस्त भएकाले म यहाँ आइपुगेँ', उनले भने, 'गठबन्धनको बैठक छाडेर बालुवाटारबाट आएँ, फेरि फर्केर उतै जानुछ।'

उनले सम्बोधनका क्रममा कोभिड महामारी नभएको भए अझै विकासलाई अघि लान सकिने पनि बताए। 

'हामीले निजीक्षेत्रलाई विश्वासमा लिएर भौतिक पूर्वाधार र रोजगारी सिर्जनामा जोड गरेकै हो', उनले भने, 'हामीप्रति शंका नगरे हुन्छ। संविधान बनाउँदा नै निजी क्षेत्रलाई महत्व दिएका छौँ। पीपीपी मोडलमै हामी गएका छौँ।'

उनले सरकार र निजीक्षेत्रबीच सहकार्य र सम्बन्ध सुदृढ हुँदै गएको पनि उनले बताए। 

'बजेट र नीति निर्माणमा पनि निजी क्षेत्रलाई प्राथमकिता दिइएकामा खुसी नै रहेको सुनेको छु', उनले भने, 'तर कार्यान्वयन हुन नसकेकोमा चिन्ता र चासो छ। यसलाई हामी सच्याएर लैजान सक्छौँ।'

उनले राजनीतिक नेतृत्व गतिलो नहुने हो भने निजी क्षेत्र पनि समस्या आउने बताए। 

प्रचण्डले राजनीतिक नेतृत्वले गतिलो नेतृत्व गर्न नसकेमा समस्या आउने बताउँदै आफ्नो दिल्ली भ्रमणका क्रममा पनि नेपालमा लगानीसहितका विषयमा कुरा गरेको बताए। 

दाहालले भारत अहिले पाँचौँ आर्थिक शक्ति भएको बताउँदै छिमेकीका नाताले त्यसबाट नेपालले लाभ लिने विषयमा पनि कुरा भइरहेको उल्लेख गरेका छन्। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad