राजनीति


२ घण्टा पछि सर्‍यो गठबन्धनका शीर्षनेताको बैठक

२ घण्टा पछि सर्‍यो गठबन्धनका शीर्षनेताको बैठक

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १२:४६, काठमाडौँ

दिउँसो १ बजे बस्ने तय भएको सत्तारुढ पाँचदलीय गठबन्धनको शीर्ष नेताहरुको बैठक दुई घण्टा सरेको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँटका लागि सहमतिको खाका बनाउन कार्यदलको बैठक जारी रहेकाले शीर्ष नेताको बैठक सारिएको कार्यदलका सदस्य रामसहायप्रसाद यादवले जानकारी दिए। 

कार्यदलमा निर्वाचन क्षेत्रबारे अझै कुरा मिल्नसकेको छैन। त्यही सहमति नजुटेको विषयलाई शीर्ष नेताहरुसहित कार्यदलको बैठक बसेर सिट बाँडफाँट गर्ने तयारी छ।

कार्यदलले ठोस सहमति जुटाउन नसकेको विषयलाई शीर्ष नेताहरु बसेर सहमति गराउने अन्तिम प्रयास गरिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .