राजनीति


रोल्पाबाट महरा र वर्षमानसहित ६ जना सिफारिस

रोल्पाबाट महरा र वर्षमानसहित ६ जना सिफारिस

नेपालखबर
भदौ २२, २०७९ बुधबार १९:३७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) रोल्पाले प्रतिनिधि सभा सदस्यका लागि ६ जना नेताको नाम सिफारिस गरेको छ। 

आज (भदौ २२ गते) बसेको माओवादी जिल्ला समन्वय समिति रोल्पाको बैठकले संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरू सिफारिस गरेको हो। 

माओवादीले उम्मेदवारहरुलाई वर्णानुक्रमानुसार राखेर सिफारिश गरेको छ। जसमा प्रतिनिधि सभातर्फ १) ओनसरी घर्तीमगर, २) कृष्णबहादुर महरा, ३, कुलप्रसाद केसी, ४) जयपुरी घर्तीमगर, ५) झक्कु प्रसाद सुवेदी र ६) वर्षमान पुनमगर रहेका छन्।

समानुपातिकतर्फ तारा घर्तीमगरको नाम सिफारिस भएको छ।

यस्तै, प्रदेश (क) निर्वाचन क्षेत्रमा गुणेन्द्र घर्तीमगर र जोखबहादुर महरा तथा प्रदेश (ख) मा कुलप्रसाद केसी र दीपेन्द्र कुमार पुनमगर सिफारिस भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad