राजनीति


गैडहवा गाउँपालिकाका पूर्वअध्यक्ष केवट जसपा छाडेर एमालेमा प्रवेश

गैडहवा गाउँपालिकाका पूर्वअध्यक्ष केवट जसपा छाडेर एमालेमा प्रवेश

नेपालखबर
भदौ २२, २०७९ बुधबार १५:१८, बुटवल

रुपन्देहीको गैडहवा गाउँपालिकाका पूर्वअध्यक्ष बछु केवट जसपा छाडेर एमालेमा प्रवेश गरेका छन्।

एमालेको बुटवलमा भएको प्रदेश संगठन कमिटीको बैठकमा केवटलाई एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, ठाकुर गैरे लगायतले स्वागत गरेका थिए। 

२०७४ सालको स्थानीय चुनावमा उनी तत्कालिन संघीय समाजवादी फोरमबाट गैडहवा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

गत वैशाखमा भएको स्थानीय चुनावमा उपेन्द्र यादवकै साथमा रहेर जसपाबाट उम्मेदवार भएपनि पराजित भएका थिए।

गैडहवामा एमालेले अध्यक्ष जित्दा उनी कांग्रेस र जनमत पार्टीपछि चौथो स्थानमा थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad