नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच एउटै मञ्चमा छेडछाड भएको छ।
बुधबार काठमाडौंमा भएको अखिल क्रान्तिकारीको अखिल फोर्स कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष प्रचण्ड र शर्माबीच छेडछाड भएको हो।
प्रचण्ड अगाडि बोलेका शर्माले प्रचण्डको आलोचक र रक्षक आफैं भएको दाबी गरेका थिए।
त्यसको जवाफ दिँदै प्रचण्डले जनार्दनलाई हुर्काएको र रक्षा पनि आँफैले गरेको बताए।
‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो, नीति र नेतृत्वको रक्षा,’ प्रचण्डले औला तोक्दै भने, ‘ जनार्दनलाई रक्षा गर्ने र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा तराईँहरु सबैले बुझन् जरुरी छ।’
प्रचण्डले आफूले सबै खालको आन्दोलनको नेतृत्व गरिसकेकोले राम्रो उत्तराधिकारीको खोजी गरिरहेको बताए।
तर, गुटगट प्रवृत्तिबाट माथि उठ्ने उत्तराधिकारी नभएको प्रचण्डको भनाई थियो।
‘मैले त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, जनयुद्धको पनि नेतृत्व गरेँ, संविधानसभाको पनि नेतृत्व गरेँ, संघीय लोकतान्त्रिक गणतन्त्रको पनि, मेरो लागि धेरै चिज भएकै छ। अब मेरो सपना के हो त? –राम्रो उत्तराधिकारीहरू तयार हुन् । तिनले होल पार्टीलाई एकतावद्ध गरेर लैजाउन,’ प्रचण्डले थपे, ‘तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरुन्। हाम्रो क्रान्तिकारी विरासतलाई अगाडि बढाउन सम्पूर्ण उदारताको साथ ठूलो छाती गरेर अगाडि बढुन। यही मेरो सपना छ। विद्यार्थी साथीहरुले एकतावद्ध भएर यो सपना पूरा गर्न लाग्नुहोस्।’
जम्मा ८ मिनेट बोलेका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र, आन्दोलनलाई बलियो बनाउन सबैलाई फिल्डमा जान निर्देशन दिए।
भिडिओ
Shares

प्रतिक्रिया