ad ad

राजनीति


मोरङ–४ बाट माओवादीका अमनलाल मोदी सर्वसम्मत सिफारिस

मोरङ–४ बाट माओवादीका अमनलाल मोदी सर्वसम्मत सिफारिस

नेपालखबर
भदौ १९, २०७९ आइतबार २०:४१, विराटनगर

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदी मोरङ क्षेत्र नम्बर–४ बाट सर्वसम्मत प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन्। 

विराटनगरमा आइतबार बसेको प्रदेश समितिको विस्तारित बैठकले मोदीको नाम एकल रुपमा सर्वसम्मत सिफारिस गरिएको माओवादी मोरङ–४ का क्षेत्रीय संयोजक ताजिम अन्सारीले जानकारी दिए। 

मोदीले यसअघि ०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यलाई पराजित गरेका थिए।

मोदीले ३३ हजार ५ सय २९ र आचार्यले २६ हजार ८ सय मत पाएका थिए। मोदी ०७० को संविधानसभामा समानुपातिक तर्फबाट सदस्य थिए। 

यस्तै, मोरङ–४ को प्रदेशसभा (क) बाट प्रत्यक्षमा विजय विश्वास, पक्खुलाल चौधरी र मनोज राई तथा प्रदेश (ख) बाट हरिप्रसाद घिमिरे, ताजिम अन्सारी, दिनेशकुमार राजवंशी र किशोरकुमार पाण्डेको नाम सिफारिस भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .