राजनीति


निलम्बित प्रधानन्यायाधीश तेस्रो दिन बयान दिँदै

निलम्बित प्रधानन्यायाधीश तेस्रो दिन बयान दिँदै

फाइल तस्बिर : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा


नेपालखबर
भदौ १९, २०७९ आइतबार १२:५७, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध  महाभियोग सिफारिस समितिको बैठकमा आज तेस्रो दिन बयान सुरु भएको छ।

समितिले उनीसँग बुधबारबारदेखि बयान लिइरहेको हाे। 

बयानका लागि ४३ वटा प्रश्न तय गरिएको छ। पहिलो दिन चारवटा तथा दोस्रो दिन दुई गरी अहिलेसम्म जम्मा ६ वटा प्रश्नमा मात्र छलफल भएको छ।

आज सातौँ प्रश्नबाट बयान सुरु गरिएको हाे। 

निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको र संविधान र कानुनबमोजिम काम गरेको बयान दिइरहेका छन्। 

छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहनुभएका राणाको महाअभियोग प्रमाणित हुने वा नहुने विषयको तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ।

उक्त समितिको  यही भदौ ८ गते बसेको बैठकले उहाँलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार बयान लिने काम भइरहेको छ। 

राणा विरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियोे । संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते मात्र सो समितिको पहिलो बैठक बसेको थियोे । राणा विरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारण समेटिएको छ।

समितिले निलम्बित प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र राणाले प्रश्नको जवाफ दिने क्रम आज पनि जारी रहनेछ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad