केही दिन प्रर्दशन भएर रोकिएको फिल्म ‘राधा’ पुनः प्रदर्शन हुने भएको छ। अपेक्षित शो नपाएको भन्दै ‘विथ–ड्र’ गरिएको यो फिल्म पुनः प्रदर्शनको तयारी थालिएको निर्माण पक्षले जनाएको छ।
फिल्मको देशभर एकसाथ रिलिज गर्ने तयारी भैरहेको निर्देशक सुर्वण थापाले जानकारी दिए।
दर्शक र समीक्षकले राम्रो भन्दाभन्दै पनि अपेक्षित शो नपाएर विथ–ड्र गर्नुपरेको सुनाउँदै थापाले आफ्नै अग्रसरतामा देशका विभिन्न ठाउँमा चलचित्र देखाउने तयारी थालेको बताए।
सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेर अभिनय गरेको यो फिल्ममा सौगात मल्ल, खगेन्द्र लामिछाने, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङ, मेनुका प्रधान लगायतका कलाकार मुख्य भूमिकामा छन्।
120
Shares

प्रतिक्रिया