ad ad

राजनीति


सुर्खेत पुगेर प्रचण्डले भने– प्रदेश र क्षेत्रसहित भोलि एकैपटक बाँडफाँटको टुंगो लाग्छ

सुर्खेत पुगेर प्रचण्डले भने– प्रदेश र क्षेत्रसहित भोलि एकैपटक बाँडफाँटको टुंगो लाग्छ

सुर्खेत विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा लगायत। तस्बिर : दिनेश बुढा/नेपालखबर


नेपालखबर
भदौ १७, २०७९ शुक्रबार ९:१६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनभित्र प्रदेश र क्षेत्रसहित एकैपटक टुंगो लगाउनेगरी सहमति भएको बताएका छन्। 

सुर्खेत विमानस्थलमा संचारकर्मीसँगको अन्तरक्रियामा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन्। 

उनका अनुसार संख्यामात्र नभई प्रदेश र क्षेत्र समेत एकैपटक टुंगोमा पुर्याउनेगरी अघि बढिएको उनले बताए। गठबन्धनभित्र कुनै समस्या नभएको बताए। 

‘हिजो अबेरसम्म बसेर हामीले गठबन्धनमा संख्या सहमतिको सहमतिको नजिक पुर्याएर अब एकैपटक प्रदेश र क्षेत्रपनि टुंग्याउनेगरी आज दिनभरी काम गरिँदैछ, प्रचण्डले भने, ‘आजको काम सकिएपछि भोलि बसेर क्षेत्र, प्रदेशस समेत सबै कुरालाई समग्रमा टुंग्याउने भनेर उठेका छौं।’

सिट बाँडफाँटको विषयमा सत्तारुढ गठबन्धनभित्र कुनै असहमति नभएको दाबी गरेका छन्। 

‘असहमति छैन। प्रभावकारी कसरी बनाउने भन्नेतिर नै छलफल केन्द्रीत छ।’ प्रचण्डले भने। 

प्रदेश र केन्द्रमा सन्तुलन मिलाएर जाने। हामी एक्लै जित्ने ठाउँमा अन्य गठबन्धनका दलहरुलाई समायोजन गरेर लाने तयारी भएको प्रचण्डले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .