ad ad

राजनीति


एकीकृत समाजवादीसँग एकता हुँदैछ, घोषणापत्र एउटै हुन्छ : प्रचण्ड

एकीकृत समाजवादीसँग एकता हुँदैछ, घोषणापत्र एउटै हुन्छ : प्रचण्ड

सुर्खेत विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा लगायत। तस्बिर : दिनेश बुढा/नेपालखबर


नेपालखबर
भदौ १७, २०७९ शुक्रबार ९:३२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने प्रयास भइरहेको खुलाएका छन्। 

कर्णालीको सुर्खेत पुगेका प्रचण्डले विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताए। 

तर, आ–आफ्नो चुनाव चिन्हमा निर्वाचनमा सहभागी हुने पनि उनले बताए। ‘गठबन्धनभित्र आ–आफ्नो चुनाव चिन्हमा नै जाने तयारी भइरहेको छ।’ प्रचण्डले भने। 

संघ र प्रदेशमा तालमेल गर्दा सन्तुलित ढंगले होस भनेर आफूहरु लागेको प्रचण्डको भनाई छ। 

‘हामी समाजवादीसँग एकताको तयारी गर्दैछौं। केही समयपछि पार्टी एकता संयोजन समिति बनाउँदेछौं,’ प्रचण्डले भने, ‘घोषणापत्र एउटै गर्नेतिर हाम्रो प्रयास भइरहेको छ। तरपनि चुनाव चिन्ह चाँही आ–आफ्नो हुन्छ।’

कर्णालीमा माओवादी केन्द्रको प्रभाव भएको उनले बताए। ‘कर्णाली माओवादीको राम्रो प्रभाव भएको क्षेत्र हो। संघ र प्रदेशमा पनि सन्तुलित ढंगको तालमेल होस भन्ने सोचेका छौं,’ प्रचण्डले भने, ‘अघिल्लोपटक एमालेसँग तालमेल गर्दा टेक्निकल मिस गरेका छौं। अहिले तयो मिस नगर्नेगरी सोचेका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .