राजनीति


तीजले मेलमिलाप, सदभाव र सहिष्णुता अभिवृद्धि गर्न प्रेरणा मिलोस् : प्रधानमन्त्री

तीजले मेलमिलाप, सदभाव र सहिष्णुता अभिवृद्धि गर्न प्रेरणा मिलोस् : प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
भदौ १४, २०७९ मंगलबार ७:३५, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रूपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताएका छन्। 

साथै उनले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परा संरक्षण एवं संवर्द्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। 

हिन्दू धर्मावलम्बी नेपाली महिलाको महान् पर्व हरितालिका तीज पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीलाई सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिका लागि शुभकामना दिएका छन्। 

खासगरी नेपालमा भाद्र शुक्ल पक्ष तृतीयाका दिनलाई भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै हिन्दू महिलाले हरितालिका तीज पर्व मनाउने भए पनि हालका दिनमा नेपालमा सबै धार्मिक समुदायले यस पर्वलाई पारिवारिक सुस्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासका साथ श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ।

प्रधानमन्त्री देउवाले सांस्कृतिक पर्व हरितालिका तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानता अन्त्य गर्ने विश्वास लिएका छन्। साथै उनले यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भका रूपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी कामना गरेका छन्। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad