ad ad

राजनीति


प्रतिनिधिसभा बैठक बस्दै, टीआरसी विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै, टीआरसी विधेयकमाथि छलफल हुने

नेपालखबर
भदौ १३, २०७९ सोमबार ७:३०, काठमाडौँ

प्रतिनिधिसभाको बैठक आज (१३ भदौ) बस्दै छ। बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिएका छन्।

आजको बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ। 

यसैगरी, राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पनि जानकारी गराइनेछ सार्वजनिक संभावित कार्यसूचीमा उल्लेख गरिएको छ। 

माओवादी सशस्त्र द्वन्दका क्रममा मारिएका परिवार र घाइतेलाई राहत प्रदान गर्नका साथै समाजमा मेलमिलाप कायम गर्न ल्याइएको विधेयकलाई सरकारले अघि बढाउन लागेको सरकारले बताएको छ। 

यद्यपी यस विधेयका विभिन्न प्रावधानमाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .