राजनीति


प्रचण्डको चुनावी कमाण्डर रेनु, अन्य जिल्लामा तोकिए यी नेता (नामावली)

प्रचण्डको चुनावी कमाण्डर रेनु, अन्य जिल्लामा तोकिए यी नेता (नामावली)

नेपालखबर
भदौ १२, २०७९ आइतबार १७:४९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रको चुनावी कमाण्ड पुत्री रेनु दाहालले सम्हाल्ने भएकी छन्।

माओवादी केन्द्र बागमती प्रदेशको आइतबार (१२ भदौ) मा बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी बैठकले भरतपुर महानगर प्रमुख रेनुलाई प्रचण्डको निर्वाचन क्षेत्रको कमाण्डर बनाउने निर्णय गरेको हो।

प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट मंसिर ४ गतेको प्रतिनिधि सभाको चुनाव लड्दैछन्।

यसैगरी बैठकले चितवन क्षेत्र नम्बर १ को चुनावी कमान्डरमा कञ्चन खनाललाई दिएको छ।

क्षेत्र नम्बर २ मा घनश्याम दाहाल कमाण्डर तोकिएका छन्।

यसैगरी बागमतीमा पर्ने सबै जिल्लाको चुनावी कमाण्डर पनि माओवादीले चयन गरेको छ।

जसमध्ये, काठमाडौंको १ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाल,८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल र १० मा अञ्जना विसङ्खेलाई मंसिर चार गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावी कमाण्डर बनाएको माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए।

काठमाडौं महानगरभित्रको सबै चुनावी कमाण्ड मुक्ति प्रधानले गर्नेछन्।

यस्तै भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल तथा २ को कमान्डरमा दिलीप प्रजापति चयन भएका छन्।

ललितपुरमा क्षेत्र नम्बर १ मा गंगा पराजुली, २ मा उर्मिला लामा र क्षेत्र नम्बर ३ मा हरि दाहाल र पद्मा राईलाई कमाण्डर बनाउने निर्णय गरेको माओवादी बागमती समितिले जानकारी दिएको छ।

काभ्रे जिल्लामा सूर्यमान दोङ र रुकु चौलागाई, सिन्धुपाल्चोकमा माधव सापकोटा र शरद दुलाललाई चुनावी कमाण्डर बनाएको छ।

दोलखामा देवी खड्का कमाण्डर चयन हुँदा रामेछापमा श्यामकुमार श्रेष्ठ बनेका छन्।

यसैगरी सिन्धुलीमा दीर्घराज श्रेष्ठ र वसन्त माझी चुनिएका छन्।

मकवानपुरको क्षेत्र नम्बर १ मा विजय गौतम र क्षेत्र नम्बर २ मा कुमारी मोक्तान कमाण्डर चुन्ने निर्णय भएको छ।

नुवाकोटमा हितबहादुर तामाङ क्षेत्र नम्बर १ र विमला सुवेदी क्षेत्र नम्बर २ का लागि चुनावी कमाण्डर बनाइएका छन्। 

धादिङमा शालिकराम जम्कट्टेले एक्लै चुनावी कमाण्डर बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad