राजनीति


एमालेमा ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटी, सचिवमा विष्णु रिमाल

एमालेमा ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटी, सचिवमा विष्णु रिमाल

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०७९ आइतबार १३:३३, काठमाडौँ

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाएको छ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार निर्वाचन परिचालन समितिले ३४ सदस्यीय केन्द्रीय सचिवालय पनि बनाएको छ।

एमालेले बनाएको निर्वाचन परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाललाई तोकिएको छ। 

एमालेले अब प्रदेश, जिल्ला र गाउँपालिका तहसम्म निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने जानकारी रिजालले दिएका छन्।

निर्वाचन कमिटीमा केन्द्रीय सदस्य, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारी, प्रदेश कमिटीका अध्यक्ष, जनसंगठनका अध्यक्ष र महासचिव तथा पार्टीका केन्द्रीय विभागका सचिव सदस्य छन्। 

एमालेले तत्कालै वाम गठबन्धन नहुने बताउँदै एक्लै चुनावमा जाने निष्कर्ष निकालेको छ। एमालेले आगामी भदौ २४ गतेभित्र उम्मेदवार सिफारिस गरिसक्न पनि मातहत कमिटीहरूलाई भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .