ad ad

राजनीति


उपेन्द्र यादवका दुवै रिट एकसाथ हेरिने

उपेन्द्र यादवका दुवै रिट एकसाथ हेरिने

नेपालखबर
जेठ ८, २०८१ मंगलबार २१:१५, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले विभाजित समूहलाई दलको मान्यता नदिन गरेको मागसम्बन्धी दुवै रिट सर्वोच्च अदालतले एकसाथ राखेर हेर्ने भएको छ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले मंगलबार यादवका दुवै रिट एकसाथ राखेर हेर्ने आदेश गरेका हुन्।

यादवले पछिल्लो रिटमा अशोक राई नेतृत्वको दलका ७ सांसदलाई विश्वासको मत दिनबाट रोक्न अन्तरिम आदेश माग गरेका थिए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट सोमबार नै विश्वासको मत लिइसकेका छन्। आइतबार दायर रिटको पेसी सोमबार तोकिएको भए पनि इजलासको कार्यबोझका कारण ‘हेर्न नभ्याइने’मा परेको थियो।

यसअघि यादव राई नेतृत्वको दल दर्ता नै अवैधानिक भन्दै रिट दायर गर्न पुगेका थिए। उक्त रिटमा दल दर्ता प्रक्रिया जहाँ पुगेको छ, त्यही अवस्थामा राख्न अदालतले आदेश गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .