ad ad

राजनीति


कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई गाडीबाटै लगियो धनुषा

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई गाडीबाटै लगियो धनुषा

तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ ८, २०८१ मंगलबार १९:३०, काठमाडौँ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गाडीमै धनुषा लगिएको छ। मंगलबार साँझ  थापाथलीस्थित मुख्यालयको कार्यकक्षबाटै पक्राउ परेका सिरोहियालाई राति नै धनुषा लगिएको एक प्रहरी अधिकारीले नेपालखबरलाई जानकारी दिए।

सिरोहियाविरुद्ध मंगलबार बिहान धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सिरोहियाको नागरिकताबारेको विवादमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो। 

दिउँसो उपत्यका अनुसन्धानका कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोली सिरोहियालाई पक्राउ गर्न थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको मुख्यालयमा सादा पोसाकमा पुगेका थिए। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रविन्द्र रेग्मी, डीएसपी अनिल घिमिरे  लगायत सिरोहियाको कार्यकक्षमा पुगेका थिए।

सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गराइएको बताएका छन्। उनले आजै आफूविरुद्धको पक्राउ पुर्जी पूर्वाग्रहपूर्ण र मिडियामाथिको हस्तक्षेप भन्दै सर्वोच्चमा रिट दिएका थिए। 

पक्राउ परेपछि उनले सञ्चारकर्मीमाझ सरकार निरकुंशतातर्फ अघि बढेको र नवअधिनायकवादको रुपमा लिएको टिप्पणी गरेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .