ad ad

समाज


३ प्रदेशका केही ठाउँमा वर्षा हुँदै, हेर्नुस् ३ दिनको मौसम पूर्वानुमान

३ प्रदेशका केही ठाउँमा वर्षा हुँदै, हेर्नुस् ३ दिनको मौसम पूर्वानुमान

फाइल तस्बिर


नेपालखबर
जेठ ८, २०८१ मंगलबार ६:२८, काठमाडौँ

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको बिहार आसपास रहेको न्युनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ।          

यतिबेला (मंगलबार बिहान)देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने देशका बाँकी भूभागको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। यतिबेला कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै  स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोसी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा दिउँसो हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ। 

राति कोसी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। 

राति देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

कस्तो होला बुधबार र बिहीबारको मौसम?

२०८१ जेठ ९ गते 
दिउँसोː  कोसी, प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोसी  प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति ː कोसी, मधेससहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागकामा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोसी, मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानसहित बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

२०८१ जेठ १० गते 

दिउँसोː  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति ː देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भु-भागमा मौसम मुख्यतया सफा रहने छ। कोसी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
कोसी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तथा देशका भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .