ad ad

राजनीति


मिडियालाई तर्साउन सिरोहिया पक्राउ : देउवा

मिडियालाई तर्साउन सिरोहिया पक्राउ : देउवा

नेपालखबर
जेठ ८, २०८१ मंगलबार २३:१३, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया तर्साउने उद्देश्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको भनेर टिप्पणी गरेका छन्।

देउवाले सामाजिक सञ्जालबाट टिप्पणी सार्वजनिक गरी सिरोहिया पक्राउको विरोध जनाएका हुन्। उनले यसलाई गठबन्धन सरकारको अलोकतान्त्रिक र प्रतिशोधपूर्ण कदम भनेका छन्।  

उनले लेखेका छन्, ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो। मिडियालाई तर्साउने उद्देश्यसहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ।’

सिरोहियालाई प्रहरीले मंगलबार साँझ थापाथलीस्थित कान्तिपुर मुख्यालयको उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको थियो। नागरिकता विवादमा अनुसन्धान गर्ने भन्दै प्रहरीले उनलाई धनुषा लैजाँदै छ।

मंगलबार मात्र उनका विरूद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .