ad ad

ग्लोबल


बेलायतका नेपालीसँग प्रधानमन्त्री सुनक, भने– गोर्खा सैनिकको इमान्दारिता, त्याग र समर्पणको प्रशंसा गर्छु

बेलायतका नेपालीसँग प्रधानमन्त्री सुनक, भने– गोर्खा सैनिकको इमान्दारिता, त्याग र समर्पणको प्रशंसा गर्छु

प्रजय शुक्ल
जेठ ८, २०८१ मंगलबार ६:५, लण्डन

बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार साँझ पहिलोपटक नेपाली समुदायसामु टेन डाउनिङ स्ट्रिटबाट सम्बोधन गरेका छन्। 

कार्यक्रममन बोल्दै बेलायती प्रधानमन्त्री सुनकले नेपाल र बेलायतबीचको सम्वन्ध ऐतिहासिक तथा बहुआयामिक रहेकोे बताए।

नेपाल र बेलायतबीच सन् १९२३ मा मैत्री सन्धी हस्ताक्षर भएको एकसय वर्ष पूरा भएको अवसरमा लण्डनस्थित प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिटमा विशेष समारोहको आयोजना गरिएको थियो।

कार्यक्रममा प्रधानमन्त्री सुनकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको विभिन्न आयामहरुको चर्चा गर्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको प्रशंसा गरे।

सुनकले भने, ‘गोर्खा सैनिकहरुको इमान्दारिता, त्याग र समर्पणको प्रशंसा गर्छु।’

उनले बेलायती राजा चाल्र्सको विगतको नेपाल भ्रमण पनि स्मरण गरे।

‘दुई देशबीचको मैत्री सम्बन्ध विशेष छ,’ उनले भने, ‘आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने छ।’

सुनकले बेलायतस्थित नेपाली डायस्पोराको काम र उपलब्धिहरुबाट आफू प्रेरित भएको पनि बताए ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालका प्रधानमन्त्रीका तर्फबाट शुभकामना व्यक्त गर्दैे बेलायतले नेपालको विकासमा पुर्याएको सहयोगको लागि धन्यवाद दिए। 

साथै उनले आगामी एकसय वर्षमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध थप क्षेत्रहरुमा विस्तार गरी सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे।

बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले बेलायत र नेपालबीचको अत्यन्त घनिष्ठ सम्बन्धको बताइन्। उनले बेलायतले नेपालको विकास प्रयासहरुमा गरिरहेको सहयोग जारी राख्ने र आर्थिक सम्बन्धलाई थप बिस्तार गरी नेपालको मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा सहयोग पुर्याउने बताइन्।

कार्यक्रममा करिब एकसयको संख्यामा बेलायतस्थित विभिन्न पेशा तथा व्यवसायमा आबद्ध नेपाली समुदायका प्रतिनिधि, भूतपूर्व गोर्खाहरु, बेलायती सांसद तथा उच्चपदस्थ अधिकारी एवं नेपालका बेलायती मित्रहरुको उपस्थिति थियो। 

नेपाली नायिका मनिषा कोइरालाको पनि उपस्थितिले कार्यक्रमको रौनक अझ बढाएको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .