ad ad

बागमती


यी हुन् कुरिनटार दुर्घटनाका १३ घाइते, कसको अवस्था कस्तो? (विवरणसहित)

यी हुन् कुरिनटार दुर्घटनाका १३ घाइते, कसको अवस्था कस्तो? (विवरणसहित)

टिपरसँग ठोकिएपछिको माइक्रो। तस्बिर : रासस


सुनिता विष्ट
जेठ ८, २०८१ मंगलबार ११:१६, हेटौँडा

चितवनमा म‌ंगलबार बिहान माइक्रो बस र टिपर ठोक्किँदा घाइते भएका १३ जनाको परिचय खुलेको छ।

मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा ३ ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना-४ कुरिनटारमा आज बिहान ठोक्किएका हुन्।

दुर्घटनामा २ जना गम्भीर घाइते, १० जनाको मध्यम र एकजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

माइक्रो चालक र एक यात्रुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अन्दाजी ३२/३३ वर्षका माइक्रो चालक परमेश्वरप्रसाद महतो र माइक्रोमा सवार यात्रु भरतपुर महानगरपालिका ७ बस्ने २१ वर्षीय सुदीप ढकालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

यस्तै माइक्रो बसमा सवार चितवनको भरतपुर महानगरपालिका ११ बस्ने वर्ष ५७ का थमबहादुर लामा (टाउकोमा चोट, अवस्था मध्यम), सोही स्थानकी ५४ वर्षीया मन माया लामा (पेटमा भित्रि चोट, अवस्था मध्यम), ५१ वर्षकी पेमा शेर्पा (निधारमा चोट, अवस्था मध्यम) र सोही स्थानकी ५४ वर्षीया कविता शेर्पा (पेटमा भित्री चोट, अवस्था मध्यम) छन्।

यस्तै भरतपुर महानगरपालिका १२ बस्ने ४८ वर्षका हरिप्रसाद अधिकारी (गोडा र ढाडमा चोट, अवस्था मध्यम), भरतपुर महानगरपालिका-१५ बस्ने ४८ वर्षकी नीरा शर्मा (ढाड, हात र कुममा चोट, अवस्था सामान्य) रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

यस्तै दुर्घटनामा घाइते भएका अन्य यात्रुमा भरतपुर ४ बस्ने वर्ष २८ की प्रिन्सा मालाकार (अवस्था मध्यम), सोही स्थानकी १८ वर्षीया प्रेरणा मालाकार (अवस्था मध्यम), भरतपुर ११ बस्ने ५४ वर्षकी एममाया शर्मा (अवस्था मध्यम), भरतपुर ४ बस्ने २० वर्षकी सोनिया सापकोटा (अवस्था मध्यम) र भरतपुर २० बस्ने २५ वर्षका छवि लामिछाने (अवस्था मध्यम) छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .