ad ad

राजनीति


नागरिकता विधेयक राष्ट्रिय सभाबाट पुनः पारित गराउन आज प्रक्रिया अघि बढाइँदै

नागरिकता विधेयक राष्ट्रिय सभाबाट पुनः पारित गराउन आज प्रक्रिया अघि बढाइँदै

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०७९ आइतबार १०:२०, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएपछि प्रतिनिधि सभाले पुनः पारित गरेको नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि पुनः पारित गराउन आज प्रक्रिया प्रारम्भ गरिँदै छ।  

आज दिउँसो १ः०१ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने भएका हुन्। 

यसैगरी आजको बैठकमा उनले नेपाल नागरिकता (पहिलो संशोधन), विधेयक २०७९’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश पनि सुनाउने कार्यसूची छ। यसपछि नागरिकता विधेयक छलफलमा जान्छ र पारित प्रक्रिया अघि बढ्छ। 

राष्ट्रिय सभाले पारित गरेपछि विधेयक प्रमाणीकरणका लागि पुन: राष्ट्रपतिकहाँ पठाइन्छ।

याे पनि : ​नागरिकता विधेयक हुबहु पारित, अब के हुन्छ?

आजका सम्भावित अन्य कार्यक्रम तलकाे सूचनामा :


 

याे पनिनागरिकता विधेयक राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही होइन : प्रचण्ड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .