प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौलाको डायलासिसका लागि आज (मंगलबार) साँझ शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ।
‘नियमित डायलासिसका लागि अस्पताल लगिएको हो। डायलासिस सकिएपछि उहाँ अस्पतालबाट फर्किनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपालखबरलाई बताए।
प्रधानमन्त्री ओलीको मंसिर १० मा साेहि सेन्टरमा अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।
अपेन्डिसाइटिस फुटेका कारण प्रधानमन्त्रीको पेटमा समेत संक्रमण भएको थियो। १० दिन अस्पतालको उपचारपछि उनी गत बिहीबार डिस्चार्ज भएका थिए।
प्रतिक्रिया