म्यानमारकी नेतृ आङ सान सुची नरसंहार मुद्दामा जवाफ दिन द हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा उपस्थित भएकी छन्।
म्यानमारले अल्पसंख्यक मुस्लिम रोहिंगा समुदायमाथि गरेको अत्याचारबारे सुचीले द कोर्ट अफ जस्टिस (आईसीजे) मा जवाफ दिने अपेक्षा गरिएको छ।
परम्परागत पहिरनमा अदालतमा पुगेकी उनले पत्रकारहरुसँग कुरा गरेकी छैनन्।
सन् २०१७ मा रोहिंगाहरुको आम नरसंहार गरेको आरोप म्यानमारमाथि छ।
अफ्रिकी मुलुक गाम्बियाले नोभेम्बर ११ मा म्यानमारविरुद्ध यो अदालतमा मुद्दा हालेको थियो।
सुची नोबेल शान्ति पुरस्कार विजेता हुन्। एजेन्सी

प्रतिक्रिया