ad ad

राजनीति


ओलीले भने, ‘सत्ता गठबन्धन तत्काल फुट्दैन, कार्यकर्तालाई गाउँ फर्काऊँ’

ओलीले भने, ‘सत्ता गठबन्धन तत्काल फुट्दैन, कार्यकर्तालाई गाउँ फर्काऊँ’

एमाले पोलिटब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
भदौ ९, २०७९ बिहिबार १७:३७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र लगायतका वामपन्थी घटकबीचको गठबन्धन सम्भावना टरेको बताएका छन्।

बिहीबार (९ भदौ)मा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा चुनावमा वाम गठबन्धन बन्ने सम्भावना टरेको बताएका हुन्।

‘वामगठबन्धनको सम्भावना अब छैन, सत्ता गठबन्धन टुट्दैन,’ अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनको सार प्रस्तुत गर्दै ती नेताले नेपालखबरसँग भने, ‘हाम्रा समर्थकहरुलाई गाउँ गाउँ पठाऔँ।’

बैठकमा सहभागी एकजना पोलिटब्युरो सदस्यका अनुसार ओलीले आफ्नो राजनीति प्रतिवेदनमा निष्कर्ष नै त्यही उल्लेख गरेका छन्।

नेपाली कांग्रेससहित अहिले पाँच दलीय गठबन्धनमा तीन वाम घटक छन्।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पनि वामपन्थी चरित्रकै मान्नेहरू छन्।

ओलीले अब शहरमा रहेका एमालेका समर्थकलाई गाउँ फर्काएर चुनावी प्रचारमा लगाउन निर्देशन पनि दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .