नेकपा एमालेले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग तालमेल सम्भावना सकिएको निष्कर्ष निकालेको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटीको बैठकले उक्त निष्कर्ष निकालेको पार्टी प्रचार विभाग प्रमुख एवम् प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
'अहिले एमालर्को लोकप्रिय मत ३४ प्रतिशत हो। कांग्रेसको ३३ प्रतिशत र अरुको ८/ १० होला', उनले भने, 'गठबन्धन भएन भनेर चुनावमा जानै हुँदैन भन्ने होइन। गठबन्धन भएन भने एमाले चुनावमा जाँदै भन्ने होइन। एक्लैले चुनाव लडेर सबै कुराको सामना गर्नुपर्छ।'
उनले विचार मिल्नेसँग तालमेल हुन सक्ने बताए पनि माओवादीसँगको सम्भावना सकिएको उल्लेख गरे।
'सुशासन समृद्धिको अभियानमा लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको एजेन्डा मिल्नेसँग तालमेल हुन्छ', उनले भने, 'तर माओवादी र अन्य वाम दलहरुसँगको तालमेल सम्भावना सकिएको छ।'
Shares
प्रतिक्रिया