राजनीति


देउवाविरुद्ध इतर समूहको ‘खबरदारी सभा’

देउवाविरुद्ध इतर समूहको ‘खबरदारी सभा’

नेपालखबर
भदौ १, २०७९ बुधबार १८:२६, काठमाडौँ

नेपाली कांग्रेसको संस्थापन इतर समूहले ‘एकाधिकार विरुद्ध’ खबरदारी सभा गरेको छ। 

इतर समूहनिकट रहेका भ्रातृ संगठनका नेताहरुले बुधबार राष्ट्रियसभा गृहमा ‘एकाधिकार विरुद्ध’ खबरदारी सभा गरेका हुन्। 

नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल र नेपाल महिला संघको ब्यानरमा आयोजना गरिएको सभामा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी प्रमुख अतिथि थिए। सभामा केन्द्रीय सदस्यहरु मधु आचार्य, सरिता प्रसाईं, किरण यादव, प्रतिमा गौतम, दिनेश कोइराला पनि सहभागी थिए। 

यस्तै, १४ औँ महाधिवेशनमा पार्टीको प्रदेश कार्यसमिति सभापतिका उममेदवारहरुसँगै नेविसंघ, तरुण दलका पूर्व अध्यक्ष, नेता–कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। यद्यपि, समूहको नेतृत्व गर्दै आएको डा. शेखर कोइराला र १४ औँ महाधिवेशनमा इतर समूहबाट पदाधिकारीमा विजयी भएका नेताहरुको भने उपस्थिति थिएन। 

भेलामा सहभागी नुवाकोट कांग्रेसका निवर्तमान सभापति तथ बागमती प्रदेश कार्यसमितिको सभापति पदका उम्मेदवार जगदीश्वर नरसिंह केसीले समूहका नेता डा. कोइरालाकै सल्लाहमा खबरदारी सभा गरिएको प्रतिक्रिया दिए। 

उनले पार्टीमा देखिएको मनपरी र १४ औँ महाधिवेशनमा मत नदिएका नेतालाई आशन्न निर्वाचनमा टिकट नदिने षडयन्त्रका विरुद्ध खबरदारी गर्न सभा आयोजना गरिएको पनि बताए।

खबरदारी सभाको संयोजन तरुण दलका नेता निराजन थापाले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad