ad ad

राजनीति


‘मंसिरपछि केपी ओली प्रधानमन्त्री, यो सरकारका मान्छे खरानी घसेर बनारस जाउन्’

‘मंसिरपछि केपी ओली प्रधानमन्त्री, यो सरकारका मान्छे खरानी घसेर बनारस जाउन्’

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०७९ आइतबार १३:७, काठमाडौँ

प्रतिनिधि सभा सदस्य मायादेवी न्यौपानेले सरकारले जनताको मागअनुरुप केही नतिजा दिन नसकेको गुनासो गरेकी छन्। 

आइतवार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राख्नुपर्ने भन्दै व्यंग्य गरेकी छन्। 

उनले सरकार मंसिर ४ गते हुने निर्वाचनपछि कमण्डलु लिएर बनारस जानुपर्ने बताइन्। 

निर्वाचनपछि नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने पनि उनले बताएकी छन्। 

‘यो सरकारले जनतालाई केही पनि दिन सक्दैन। विद्यार्थीलाई किताव दिन सक्दैन। किसानलाई मल, बीउ र सिचाईं दिन सक्दैन। व्यवसायीलाई कच्चा पद्धार्थ दिन सक्दैन। उद्योगीलाई सञ्चालन गर्न अवरोध गर्छ। यो केही पनि दिन नसक्ने सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र
सक्दिनबहादुर राखौँ कि कसो? यो सरकार खरानी घसेर मंसिर ४ गने हुने निर्वाचनमा कमण्डलु लिएर बनारसतिर जाओस्। दिल्लीतिर जाओस्', उनले भनिन्, 'केपी शर्मा ओली पुनः प्रधानमन्त्री हुनुहुनेछ।’

त्यस्तै प्रतिनिधि सभा सदस्य मिना सुब्बाले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटे पनि सरकारले नघटाएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। 

इन्धनको मूल्य घटाउन पनि उनले नेपाल आयल निगमलाई ध्यानाकर्षण गराएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .