NepalKhabar NepalKhabar

राजनीति


राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नुहुन्न : प्रचण्ड

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नुहुन्न : प्रचण्ड

नेपालखबर
साउन २५ , काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट प्रमाणित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरे फेरि सरकारले पठाउने बताएका छन्।

जापानको पाँच दिने भ्रमणमा रहेका प्रचण्डले मंगलबार त्यहाँ रहेका पत्रकारसँग कुरा गर्दै भने,–‘नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गर्नुहुन्न।’

यदि फिर्ता गरे सरकारले फेरि पठाउने र त्यसबेला राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने दाबी गरे। ‘फिर्ता गर्नुहुन्न। गरिहाले सरकारले अगाडि बढाएपछि रोक्ने कुरा हुँदैन,’ प्रचण्डले भने, ‘त्यसले राम्रो हुँदैन फेरि जान्छ र हस्ताक्षर गर्नैपर्छ।’

नागरिकता विधेयकले लाखौं नेपालीलाई नागरिकता लिन सहज भएको प्रचण्डको भनाइ छ।

जापानमा रहेका नेपाल पत्रकार महासंघका पदाधिकारीसँग कुरा गर्दै प्रचण्डले आगामी चुनावमा चितवन क्षेत्र नम्बर २ बाटै लड्ने बताए । 

प्रचण्डको भनाइ जस्ताको त्यस्तै- 

त्यो नागरिकता विधेयकले लाखौं नागरिकका जसका आमाबाबु नेपाली नागरिक छन्, तर उनीहरुका उमेर पुगेका छोराछोरीले नागरिकता प्राप्त नगर्दा धेरै सुविधाबाट बञ्चित हुनुपरेको स्थिति सम्बोधन गर्न नागकिता सम्बन्धी विधेयक अगाडि ल्याइएको हो। मुख्यरुपमा तराई मधेसका जनताका छोराछोरीको समस्या प्रवल रहेको छ।

त्यसकारण त्यत्रो समस्या समस्या गर्न सरकारले गरेको पहल र सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिजीले फिर्ता गर्नुहुन्छ भन्ने विश्वास म गर्नै चाहन्नँ । उहाँले गर्नुपनि हुन्न। गरिनै हाल्नुभयो भने एक पटकलाई मात्र हुन्छ। सरकारले फेरि त्यसलाई अगाडि बढाइसकेपछि रोक्ने ठाउँ नै हुँदैन। हुन त हिजो आज त्यहाँ कसरी छलफल भइराखेको छ, सबै त मैले बुझ्न पाएको छैन, मेरो बुझाइमा राष्ट्रपतिजीले फिर्ता पनि पठाउनुहुन्न। फिर्ता गर्नुभयो भनेपनि त्यसले राम्रो हुँदैन। फेरि जान्छ र त्यसलाई हस्ताक्षर गर्नैपर्ने हुन्छ।

सभामुख अग्निप्रसाद सापकोटाले १५ साउनमा नागरिकता विधेयक ऐन प्रमाणित गरी राष्ट्रपति समक्ष पठाएका छन्। तर, राष्ट्रपतिबाट अहिलेसम्म त्यसलाई प्रमाणीकरण गर्न बाँकी छ।

पाँच दिने जापान भ्रमण सकेर प्रचण्ड बिहीबार नेपाल फर्किँदैछन्।

 

साउन २४, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.