ad ad

राजनीति


सबै उम्मेदवारको समान हैसियत हुनेगरी समाचार प्रशारण गर्न आयोगको आग्रह

सबै उम्मेदवारको समान हैसियत हुनेगरी समाचार प्रशारण गर्न आयोगको आग्रह

नेपालखबर
साउन २४, २०७९ मंगलबार २०:९, काठमाडौँ

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सबै उम्मेदवारहरुको समान हैसियत हुनेगरी समाचार प्रशारण तथा प्रकाशित गर्न सञ्चार माध्यामहरुलाई आग्रह गरेका छन्।

विगतमा कतिपय अवस्थामा राजनीतिक दल र तिनका उम्मेदवारहरुलाई निर्वाचनको सिद्धान्त विपरित फरक फरक हैसियत हुनेगरी समाचार प्रेषित हुने गरेको पाइएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा त्यस्तो विभेद नगरी समाचार प्रशारण तथा प्रकाशन गर्न सञ्चार माध्यमलाई आग्रह गरेका हुन्। 

स्थानीय तह निर्वाचन २०७९ को प्रगति समिक्षा गर्नका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफैसँग साझेदारी गरिरहेको सञ्चार माध्यमसँग निर्वाचन आयोगले स्पष्टिकरण लिनुपर्ने अवस्था आउन नदिन पनि सञ्चार माध्यमहरुलाई सचेत गराए। 
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘सबै राजनीतिक दल र उम्मेदवारहरुलाई निर्वाचनको सिद्धान्त बमोजिम समान हैसियत कायम गर्ने ढंगले सबैलाई समान व्यवहार गर्ने ढंगले समाचारहरु, सूचनाहरु सम्प्रेषण गरिदिनु पर्यो। तपाईँहरु धेरै जान्ने हुनुहुन्छ, लेख्दालेख्दै। अलिअलि पढ्दापढ्दै हामी पनि बुझ्छौं। तपाईँहरुले कसलाई कसरी सर्पोट गर्नु भएको छ, त्यो हामी पनि बुझ्दछौं। हामीले त्यसरी बुझ्नुपर्ने अवस्था नहुनेगरी सबैप्रति समान व्यवहार गरिएको छ भन्ने हिसावले सहयोग गरिदिनु पर्यो। दोस्रो, एउटा समाचार माध्यम, जो छ साझेदारी गरिएको छ । उसैलाई स्पष्टिकरण सोधिराखेको छ, आयोगले। तपाईहरुलाई स्पष्टिकरण सोध्दा हामीलाई कति पीडा हुन्छ। त्यस्तो अवस्था आउन नदिने कुरामा ध्यान दिनुहोला।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धी सूचना प्रशारण तथा प्रकाशन गर्दा पनि समाचार माध्यमहरुले सबै राजनीतिक दल र तिनका उम्मेदवारहरूलाई समान हैसियत अनुसारको व्यवहार गर्नुपर्ने बताए। 

उनले स्थानीय तह निर्वाचनमा जस्तो मतदातालाई समस्या हुने खालको मतपत्र प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नहुने पनि स्पष्ट पारे। 

प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन मंसिर ४ गते आइतबार हुँदैछ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .