ad ad

राजनीति


उपेन्द्र यादवसँगै सरकारमा बसेर काम गर्न कठिनाइ छैन : राजेन्द्र महतो

उपेन्द्र यादवसँगै सरकारमा बसेर काम गर्न कठिनाइ छैन : राजेन्द्र महतो

नेपालखबर
साउन २४, २०७९ मंगलबार १६:४८, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताएका छन्।

मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

सांसद महतोले सरकारमा मन्त्री बन्ने कुरा र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताए। उनले छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुंगो लाग्ने  बताए।

उनले जसपासँग सँगै बसेर काम गरिसकेकोले सरकारमा सँगै बस्नको लागि कुनै कठिन नरहेको बताए। 

उनले भने, ‘हामी चुनावको तयारीमा लागिसकेका छौँ। गठबन्धनको सवाल पनि उठिरहेको छ। तर अहिले ५ दलीय जुन गठबन्धन हो त्यो गठबन्धनको तर्फबाट आमन्त्रण आइरहेको छ। कुरा पनि भइरहेको छ। चाँडै यो विषयमा हामी टुंगोमा पुग्नेछौँ। छैटौं दलको रुपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुंगोमा पुग्छौँ। जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन। सरकारको कुरा पनि भइरहेको छ।’

उनले नागरिकता मुद्दाको विषयको सवालमा नै सरकारलाई सहयोग गर्न लागेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .