राजनीति


संसदमा पेस पशु स्वास्थ्य तथा पशु सेवा विधेयकप्रति भेटेरिनरी एसोसिएसनको आपत्ति

संसदमा पेस पशु स्वास्थ्य तथा पशु सेवा विधेयकप्रति भेटेरिनरी एसोसिएसनको आपत्ति

नेपालखबर
साउन २४, २०७९ मंगलबार १४:२०, काठमाडौँ

नेपाल भेटेरिनरी एसोसिएसनले प्रतिनिधि सभामा पेस भेटेरिनरी एसोसिएसनले पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६’ को विरोध गरेको छ।

संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले यही साउन २२ गते प्रतिनिधि सभाको बैठकमा ‘पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६’ पेस गरेकी थिइन्। 

पशु प्राविधिकहरूलाई मात्र नियमन गर्न विधेयक ल्याइएको भन्दै भेटेरिनरी एसोसिएसनले संसदीय समितिले एकपक्षीयय ढंगले यो अगाडि बढाएको आरोप लगाएको हो। 

‘स्नातक गरेका भेटेरिनरी डाक्टर र अधिकतम ३० महिना डिप्लोमा (१०+२) गरेका पशु प्राविधिकहरूले गर्ने पशु चिकित्सकीय काम, कर्तव्य र अधिकारमा कुनै भिन्नता नराखी ल्याइएको उक्त विधेयक एकपक्षीय, दमनकारी एवं षडयन्त्रपूर्ण ढंगले ल्याइएको छ’, भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा सितलकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भेटेरिनरी डाक्टरको आत्मसम्मानमा आँच पुर्याउने हिसाबले ल्याइएको उक्त विधेयकमा सम्पूर्ण माननीय संसद सदस्यहरुको गम्भीर ध्यानाकर्षणका लागि नेपाल भेटेरिनरी एसोसिएसन गम्भीर तवरले अनुरोध समेत गर्न चाहन्छ।’

विधेयकको नामदेखि प्रस्तावनसम्म अल्मलाउने किसिमले लेखिएको भन्दै उनले आपत्ति जनाएका छन्। समितिमा विधेयक पेस भएको ३ वर्षमा सरोकारवाला (आफू) हरूलाई जम्मा एकपटक बोलाएको र पुनः छलफलमा बोलाययोस् भन्ने निरन्तर आग्रहलाई बेवास्ता गर्दै जबर्जस्ती विधेयक अघि बढाइएको भेटेरिनरी एसोसिएको आरोप छ। 

‘विधेयकमा गरिएका कतिपय व्यवस्थाहरू नेपालको संविधान, मौजुदा केही कानुनहरू र अन्तर्राष्ट्रिय मापदण्डसँग बाझिएको कुरा समितिमा हामीले दर्ता गरेको लिखित दस्तावेजको बाबजुद उक्त सुझावलाई पूर्ण रूपले बेवास्ता किन गरियो’, विज्ञप्तिमा भनिएको छ, ‘यो प्रश्न अनुत्तरित नै रह्यो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad