ad ad

कारोबार


होन्डा सीबी३००एफ भारतमा सार्वजनिक, कस्ता छन् यसका फिचर?

होन्डा सीबी३००एफ भारतमा सार्वजनिक, कस्ता छन् यसका फिचर?

नेपालखबर
साउन २४, २०७९ मंगलबार १४:१५, काठमाडौँ

होन्डा सीबी३००एफ भारतमा सार्वजनिक भएको छ। 

होन्डा मोटरसाइकल एन्ड स्कुटरले अल न्यु होन्डा सीबी३००एफ भारतीय बजारमा सार्वजनिक गरेको हो। 

भारतमा यसको मूल्य २.२६ लाख भारु राखेको छ। यसका दुई भेरियन्ट डीएलएक्स र डीएलएक्स प्लस भारतमा सार्वजनिक गरिएको हो। डीएलएक्स प्रोको मूल्य भने २.२९ लाख भारु राखिएको भारतीय मिडियाले जनाएका छन्। 

तीन रंगमा भारतीय बजारमा आएको यो मोटरसाइकल म्याट एक्सिस ग्रे मेटालिक, म्याट मार्वेल ब्ल्यू मेटालिक र स्पोर्ट्स रेडमा उपलब्ध छ। 

कस्ता छन् फिचर? 
होन्डा सीबी३००एफमा एलईडी हेडल्याम्प, होन्डा सेलेक्टेबल टर्क कन्ट्रोल (एचएसटीसी), भी आकारको अलोय ह्विल्स, डुअल च्यानल एबीएस र स्मार्टफोन कनेक्टिभिटीजस्ता फिचर छन्। 

यसमा पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्ट, टेपरेड ह्यान्डलबार र वाइड रेडियल रियर टायर छ। यसमा २७६ एमएमको डिस्क र पछाडि २२० एमएमको डिस्क ब्रेक छ। 

यसमा २९३ सीसीको इन्जिन रहेको छ भने ४ भल्भ, आयल कुल्ड, एसओएचसी छ। यसको अधिकतम टर्क क्षमता २५.६ एनएम छ। ६ स्पिड गियरबक्स रहेको बाइकमा स्लिप र असिस्ट क्लच प्रणाली छ। 

बजारमा यसको प्रतिस्पर्धा केटीएम ३९० ड्युक, बीएमडब्ल्यु जी ३१० आरलगायतसँग हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .