ad ad

राजनीति


कसैले अपमान ‘फिल’ गरे ऊ तालमेलमा आउँदैन : झलनाथ खनाल

कसैले अपमान ‘फिल’ गरे ऊ तालमेलमा आउँदैन : झलनाथ खनाल

फाइल तस्बिर


नेपालखबर
साउन २४, २०७९ मंगलबार १२:३०, काठमाडौँ

नेकपा एकीकृत समाजवादी का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गर्दा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन्। 

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरबारे भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेको सम्बन्धमा जानकारी गराउन प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) पुगेका उनले गठबन्धनमा जोड दिएका हुन्। 

नेता खनालले प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकोले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनबमोजिम आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँट गर्नुपर्ने बताए। 

‘गठबन्धनमा दलहरू जे आधारमा थपिन्छन्, त्यही आधारमा आवश्यक पर्ने ठाउँमा तालमेलको कुरा हुन्छ’, उनले भने, ‘तालमेल गर्दा प्रत्येक पार्टीको आफ्नो हैसियत हुन्छ । २०७४ को निर्वाचनको कुरा, भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनको परिणाम यी सबै आधारमा उभिएर सबैलाई समान हुने ढंगले हामीले तालमेल गर्नुपर्छ। कसैले अपमान फिल गरेमा ऊ तालमेलमा आउँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .