राजनीति


सिट बाँडफाँटबारे कांग्रेस नेतृत्वले गर्‍याे कार्यदल सदस्यसँग छलफल

सिट बाँडफाँटबारे कांग्रेस नेतृत्वले गर्‍याे कार्यदल सदस्यसँग छलफल

फाइल तस्बिर


नेपालखबर
साउन २३ , काठमाडौँ

नेपाली कांग्रेसले सत्ता साझेदार दलहरुका बीचमा सिट बाँडफाँटका लागि गठित कार्यदलमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुसँग छलफल गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएर कांग्रेसले कार्यदलमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुसँग छलफल गरेको हो। 

प्रवक्ता डा. प्रकाशशरण महतले कार्यदलका सदस्यहरुलाई सिट बाँडफाँटका क्रममा पार्टीले लिने नीतिका बारेमा सरसल्लाह दिइएको जानकारी दिए। 

‘आजै पाँच दलीय कार्यदलको बैठक छ। तालमेलको शिलशिलामा कार्यदलका सदस्यहरुलाई पदाधिकारी र पूर्वपदाधिकारीको सल्लाह सुझाव दिनको लागि बैठक बोलाइएको हो,’ उनले भने, ‘साथीहरुले आफूलाई लागेका सल्लाह, सुझावहरु कार्यदलका सदस्यहरुलाई दिनुभएको छ।’ 

प्रवक्ता महतले बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीले कार्यदलका सदस्यहरुलाई दिएको सुझावका बारे विस्तृतमा भने जानकारी दिएनन्। ‘प्रारम्भिक सुझाव सल्लाह दिइएको छ,’ मुल सुझावहरु के–के थिए भन्ने प्रश्नमा उनले भने। 

पाँच दलीय गठबन्धनले केही दिनअघि सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलमा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला र सरकारका प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य केन्द्रीय ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्।

कार्यदलमा नेकपा माओवादी केन्द्रबाट नेताहरु वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव तथा राष्ट्रिय जनमोर्चाका तर्फबाट नेता हिमलाल पुरी र आनन्द शर्मा रहेका छन्। 

सिट बाँडफाँटका लागि बनेको कार्यदलको पहिलो बैठक आज (सोमबार) दिउँसो ३ बजेका लागि बोलाइएको छ।  बैठकले सिट बाँडफाँटको मोडालिटीबारे छलफल गर्ने बताइएको छ। 

सत्ता गठबन्धनका पाँच दलले बनाएको ११ सदस्यीय समिति कार्यदलले साउन महिनाभित्र सिट बाँडफाँटको मोडल प्रस्ताव गर्ने समयसीमा पाएको छ।

पाँच दलीय सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटका लागि कार्यदल गठन गरेको थियो।

साउन २३, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.