ad ad

राजनीति


कांग्रेसका वडाध्यक्षलाई प्रकाशमानको निर्देशन : काठमाडौँकाे समस्या तत्काल समाधान गर्नुहोस्

कांग्रेसका वडाध्यक्षलाई प्रकाशमानको निर्देशन : काठमाडौँकाे समस्या तत्काल समाधान गर्नुहोस्

नेपालखबर
साउन २१, २०७९ शनिबार १७:२४, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका तर्फबाट निर्वाचित वडाध्यक्षहरुलाई जनताले अनुभूति पाउने गरी तत्काल काठमाडौँ महानगरभित्र देखिएका समस्याको समाधान गर्न निर्देशन दिएका छन्। 

नेपाल शिक्षक संघ काठमाडौँ महानगर समितिले शनिबार वडाध्यक्षहरुका लागि आयोजना गरेको बधाइ तथा सम्मान कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन्। 

‘काठमाडौँ महानगरपालिकामा कांग्रेसको बहुमत छ। त्यसैले तपाईंहरुले बोर्ड बैठकबाट आवश्यक निर्णय लिएर फोहोरमैला लगायतका समस्या समाधान गर्न लाग्नु पर्छ,’ नेता सिंहले वडाध्यक्षहरुलाई काम गरेर देखाउन निर्देशन दिँदै भने।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा स्थानीय जनप्रतिनिधिले गरेका कामबाट जनताले दलप्रति धारणा बनाउने भन्दै उनले जनताको मन जित्ने गरी कार्यक्रम तय गरेर अघि बढ्न पनि आग्रह गरे। 

महानगर भित्रका सार्वजनिक विद्यालयको गुणस्तर सुधार्न आग्रह गर्दै सिंहले शिक्षा क्षेत्र आमूल परिवर्तनका लागि आवश्यक शिक्षा ऐन अगाडि बढाउन पनि आफूहरुले पहल गर्ने समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .