ad ad

राजनीति


‘फेसबुकमा उम्मेदवारी घोषणा गरेको देखेर मलाई लाज लाग्यो’

‘फेसबुकमा उम्मेदवारी घोषणा गरेको देखेर मलाई लाज लाग्यो’

जगदीश्वर नरसिंह केसी


नेपालखबर
साउन २१, २०७९ शनिबार १३:३५, काठमाडौँ

नेपाली कांग्रेस नुवाकोट जिल्ला समितिका निवर्तमान सभापति एवं संविधान सभा सदस्य जगदीश्वर नरसिंह केसीले पार्टीले आधिकारिक उम्मेदवार नबनाउँदै जिम्मेवार नेताले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। 

उनीहरूको त्यस्तो क्रियाकलाप देखेर आफूलाई लाज लागेको टिप्पणी उनले गरे। काठमामा शनिबार बिहान नेपाल तरुण दल शिवपुरी गाउँपालिका वडा नं १ ले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता केसीले पार्टीले घोषणा नगर्दासम्म आफूलाई उम्मेदवार भन्नुको अर्थ नभएको टिप्पणी गरे।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही दिनअघि आफ्नो निवास धापासीमा पत्रकार बोलाई आफू नुवाकोट क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न चाहेको बताएका थिए। 

उनको नाम नलिई नेता केसीले भने, ‘दुई चारवटा अनलाइनमा समाचार लेख्न लगाएर उम्मेदवार हुने भए म भोलि ५० वटा जति अनलाइनमा समाचार लेख्न लगाँऊँ?’

तर आफू त्यस्तो उच्छृंखल मानिस नभएकाले त्यसो नगर्ने बताए।  

उनले थपे, ‘फेसबुकमा उच्छृंखल पाराले उम्मेदवारी घोषणा गरेको देखेर मलाई लाज लाग्यो। पार्टीले निर्णय नगरेसम्म कोही उम्मेदवार हुँदैन, जिम्मेवार पदमा बसेका मनिसले त्यस्तो हर्कत गरेको सुहाएन।’ 

नुवाकोटका दुईवटा क्षेत्रमध्ये आफू कुनै एकबाट संघमा चुनाव लड्न चाहेको उनले बताए। नेता केसीले अरूभन्दा आफू कुनै हिसाबले कमजोर नभएको दाबी पनि गरे। संघको टिकट अरुलाई छाडेर प्रदेशमा चुनाव लड्न लागेको भनेर बजारमा गलत हल्ला चलाइएको भन्दै नेता केसीले प्रदेशमा चुनाव लड्ने भनेर कहीँ कोहीसँग सहमति नभएको बताए। 

‘पाए संघमा नै चुनाव लड्ने तर एक नम्बर वा दुई नम्बर कुन भन्ने चाहिँ अहिले भन्दिनँ’, उनले भने, ‘जुनसुकै क्षेत्रमा पनि चुनाव लड्न तयार छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .